निराकरण खबर अछाम :नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा अछाम क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार राजेन्द्र बहादुर खड्का धन्यवाद ब्यक्त गरेका छन् ।
हिजो मंगलबार सम्पन्न क्षेत्रिय अधिबेशनबाट २८ प्रतिस्प्रधिबाट ११ औ नम्बर रहि झिनो मतले पराजय भएका खड्का सम्पूर्ण मतदातालाई हार्दिक कृतज्ञता प्रकट गरेका छन् ।आफु नेपाली कांग्रेसको सिपाही भएकाले सदैव नेपाली कांग्रेसको संगठन बिस्तारमा लागि रहेने बताए ।
आफू १० नम्बरमा नपरेर महाधिवेशन प्रतिनिधि छनोट हुन नसके पनि आफुलाई जितेको महसुस भएको बताए। पार्टी भित्रको आन्तरिक प्रतिस्प्रधामा केही मतले पछि परेको खड्काले बताए ।
कयौं सच्चा कांग्रेसी कार्यकर्ता बिश्वास गरेर ११ औ नम्बरमा पुर्याएको भन्दै आगामी दिनमा समेत ती मतको कदर गर्दै नेपाली कांग्रेसको संच्चा सिपाही भएर लाग्ने बताए ।
बान्नीगढी जयगढ गाउँपालीका अछामका अध्यक्ष समेत रहेका खड्काले हालसम्म बान्नीगढी जयगढ गाउँपालिकामा सयौंलाई अन्यपार्टीबाट नेपाली कांग्रेस प्रबेश गराएका छन।









