लम्की:नेपाल तरुणदलका पुर्ब उपाध्यक्ष युवा नेता कमल बहादुर शाहले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदारी घोषणा गर्नु भएको छ । आफ्नै गृहजिल्लाको आफ्नै निर्बाचन क्षेत्र कैलालीको लम्कीमा आज पत्रकार सम्मेलन गदै नेता शाहले केन्द्रीय सदस्य पदको लागि उम्मेदारी घोषणा गर्नु भएको हो । निति र नेतृत्वमा हाम्रो प्रबेश, शसक्त कांग्रेस समृद्ध देश भन्ने मूल नाराका साथ आफुले १४ औं महाधिबेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदारी दिने शाहले बताउनु भएको छ ।

आफु विद्यार्थि कालखण्ड देखि नेपाल विद्यार्थि संघ, नेपाल तरुणदलको बिभिन्न बिभागमा रहेर काम गरीसकेको र ९ औं महाधिबेशन देखि पार्टिको महाधिबेशन, महासमिति सदस्य भएर काम गरी रहेको बताउदै नेपाली कांग्रेसलाई शसक्त कांग्रेस बनाउन १४ औं महाधिबेशनमा आफुले केन्द्रीय सदस्यको उम्मेदारी दिनलागेकोले]सबैलाई सहयोग गर्न समेत शाहले आग्रह गर्नु भएको छ । देशलाई सहि दिशामा डोर्याउन आगामि निर्बाचनमा नेपाली कांग्रेसको नेतृत्व आवश्यक भएको र कांग्रेसलाई बलियो र जनमुखि बनाउन नेतृत्वमा युवाको उपस्थीति आवश्यक रहेको शाहले बताउनु भयो । केन्द्रीय सदस्यमा विजयी भए कांग्रेसलाई जनमुखि, संगठित, ब्यवस्थीत बनाउने अभियान अगाडि बढाउने बताउदै नेता शाहले अहिलेको नेतृत्वमा युवाको सहभागिताका आवश्यक रहेको औल्याउनु भयो ।
नेपाली कांग्रेस एक हुन, एकताबद्ध हुन आवश्यक गरहेको औल्याउदै पार्टिलाई एकता, एकबद्ध, शसक्त बनाउन आफुले आवाज उठाउने बताउनु भयो । शक्तामा गएका र रहेका पार्टिहरुलाई बारम्बार भ्रष्टचार र आर्थिक अनिमितिता गरेको आरोप समेत लाग्ने गरेको र बिभिन्न सञ्चारमाध्याम एवम् सामाजिक सञ्जाल मार्फत समेत समाचारहरु आउने गरेको बताउदै देशलाई र पार्टीलाई भ्रष्टचार मुक्त बनाउन आफुले शसक्त आवाज उठाउनेमा प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । आफुले आउदो १४ औं महाधिबेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदारी घोषणा गरेको बताउदै सबै महाधिबेशन प्रतिनिधि तथा शुभचिन्तकहरुलाई सहयोगको लागि हाद्धिक अनुरोध समेत शाहले गर्नु भएको छ ।
विद्यार्थि जिवनकाल देखि नेपाली कांग्रेसको राजनितिकमा सक्रिय शाह २०४४ सालमा नेपाल विद्यार्थि संघमा आबद्ध भएर देशमा बहुदलिय ब्यवस्थाको लागि संघर्ष शुरु गरेका थिए । केन्द्रीय सदस्यका उम्मेदार शाहले २०४६ साल देखि २०५२ साल सम्म नेपाल विद्यार्थि संघको क्याम्पस इकाई समिति सदस्य, जिल्ला कार्यसमिति सदस्य र महाधिबेशन प्रतिनिधि भएर काम गर्नु भएको थियो । २०५४ साल देखि २०६८ साल सम्म नेपाल तरुणदलको केन्द्रीय खेलकुद बिभाग सदस्य, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्षको पदमा रहि बिभिन्न जिम्मेवारी निर्बाह गर्नु भएको थियो । २०५३ साल देखि हाल सम्म पार्टीको ९ औं, १० औं, ११ औं, १२ औं र १३ औं महाधिबेशनमा महाधिबेशन प्रतिनिधि र महासमिति सदस्यको भुमिकामा रहि बिभिन्न जिम्मेवारी निर्बाह गरी रहनु भएको छ ।
संबिधान सभाको दोस्रो निर्बाचन २०७० सालमा कैलाली क्षेत्र नम्बर २ बाट संभाषदको प्रत्यक्ष तर्फको उम्मेदार समेत रहनु भएका शाह २०४६ साल र २०६२/०६३ को जनआन्दोलमा पटक पटक गरि ४ महिना जेलजिवन ( राजनितिक बन्दी ) बिताउनु भएको थियो । २०५२ साल देखि २०६२ साल सम्म चलेको माओबादीको शसस्त्रदोन्द्ध कालमा समेत नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ र २ लाई क्रियाशिल र जिवन्त राख्न, संगठन बचाउन आफ्नु ज्यानको समेत प्रबाह नगरी लागेका एक शसक्त युवा कमल बहादुर शाह जनतामाझ समेत जनप्रिय नेताका रुपमा चिनिन्छन ।
कोरोना संकटकाल देखि बाढी र डुवानको समयमा समेत जनताको चुलो ननिभोस पनी राहात तथा उद्दारको लागि घरदैलो पुगेर जनताको सुखदुःखमा मलमपट्टी लगाउन खटीरहने नेता शाह कैलाली क्षेत्र नम्बर २ का लोकप्रिय नेता समेत हुन ।










