Advertisement
SKIP THIS
बाजुरामा जीप दुर्घटना

बाजुरा:बाजुराकाे सदरमुकाम मार्तडीकाे कारागार नजिकैको डिलबाट आईतबार बिहान जिप दुर्घटना भएकाे छ ।

सदरमुकाम मार्तडीबाट जडाङ्गा तर्फ जाँदै गरेकाे से १ ज ९६० नम्बरको जिप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका अनुसार जिप दुर्घटनामा बडिमालिका नगरपालिका वडा.नं १ का २४ वर्षीया भिम बहादुर दानी गम्भीर भएका छन् । घाइतेको ढाड र टाउकोमा गम्भिर चोट लागेपछि अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ ।

जीप सडकदेखि करिब १सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपचालक त्रिवेणी ७ का वसन्त नाथ रहेका छन् उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

तपाईको प्रतिक्रिया