Advertisement
SKIP THIS
नेता गिरी नेपाली काँग्रेसको केन्द्रीय सदस्यको दौडमा

निराकरण खबर:नेपाली काँग्रेसका नेता एवम पूर्व भुमि सुधार सहायक मन्त्री जनकाराज गिरीले नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा आफ्नो उम्मेद्धवारी केन्द्रीय सदस्यमा रहने बताएका छन । नेता गिरीले यति बेला काँग्रेस नेता कार्यक्रता संग आफु केन्दीय सदस्यमा उम्मेद्धरी दिने बताउदै आएका छन ।

सोहि बिषयमा हामीले काँग्रेस नेता गिरीलाई नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा तपाईको उम्मेद्धवारी के मा रहन्छ भन्ने प्रश्नमा गिरीले भने“ १४ औ महाधिवेशनमा स्वत मेरो उम्मेद्धवारी केन्द्रीय सदस्यमा रहन्छ , र यस बिषयमा पाटीका नेता तथा साथीभाइहरु संग मेरो छलफल भइसकेको छ ”
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला निवासी गिरी बाजुरा जिल्लाका पाटी भित्रका बलियो नेता हुन । भने सुदूरपश्चिम सहित देशभर पाटी भित्र बलियो र्सकल भएका नेता मानिन्छन ।

यस अघिको १३ औैँ महाधिवेशनमा पनि नेता गिरी केन्द्रीय सदस्यमा लडेका थिए तर उक्त महाधिवेशनमा भने केन्द्रीय सदस्यमा पराजित भएका थिए । यस पटक भने उनको गृह जिल्ला बाजुरा बाट केन्द्रीय सदस्य लडदै आएका काँग्रेस नेता बद्री प्रसाद पाण्डेले केन्द्रीय सह–महामन्त्रीमा उम्मेद्धवारी घोषण गरे संगै उनि सहजै नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुने अनुमान गरिएको छ । भने यता पूर्व मन्त्री गिरी जसरीपनि पाटीको केन्द्रीय समिती भित्र आफु अटन दौडदुप गरिरहेका छन ।

सरल स्वभाव र सरल जिवनशैलीका कारण कार्यक्रता माझ लोकप्रिय रहेका नेता गिरीले २०५६ सालको आम निर्वाचनमा बाजुरा बाट चुनाब जितेका थिए भने २०५७ सालमा प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको मन्त्रीपरिषद्मा भुमि सुधार सहायक मन्त्री भनेका थिए । पाटी भित्रका आन्तरीक चुनाबमा भने नेता गिरीले सधै पहिलो स्थान भएर पाटीका आन्तरीक चुनाव जित्दै आएका छन ।

तपाईको प्रतिक्रिया