Advertisement
SKIP THIS
नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्र्तगत क्षेत्र नं १ अछाममा पुन: मतदान हुँदै

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्र्तगत क्षेत्र नं १ अछाममा पुन: मतदान हुने भएको छ । यहि ६ गते भएको निवार्चनमा बढी मत खसेको भन्दै पुन: मतदान हुने भएको हो ।

क्षेत्र नं १ मा नेपाली कांग्रेसका कुल ७ सय ६९ रहेको ७ सय ४७ मत खसेको थियो । महाधिबेशन प्रतिनिधीको मतगणना क्रममा पहिलो मतपेटीका गणना भईसकेपछि द्रोस्रो मत पेटीका गणनाको क्रममा मतहरु रुजु गर्ने क्रमा ७ सय ७८ मत पुगेपछि बिवाद उत्पन्न भएको थियो । ४ दिनको रस्साकस्सी पछि पुन:मतदाता हुने सहमती भएको हो ।

सोमबार १३ गते पुन: क्षेत्रिय अधिबेशन हुने निवार्चन समितीले जनाएको छ ।

तपाईको प्रतिक्रिया