Advertisement
SKIP THIS
कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा युवा नेता शाहीको उम्मेदवारी घोषणा

डोटी:नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा युवा नेता पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शनिबार दिपायलमा आयोजित पत्रकार सम्मेलन मार्फत नेता शाहीले उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्षसमेत रहेका शाही गृह जिल्ला डोटीबाट अत्याधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै उनले नेपाली कांग्रेसको प्रदेश महाधिवेशन मंसिर १६ देखि १७ गतेसम्म कैलालीमा हुने १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा हुने पहिलो अधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया