Advertisement
SKIP THIS
मतदाताको मतको कदर खै ? कहिले सम्म सुरक्षा घेरामा राख्ने मतपत्र ,नेपाली कांग्रेस क्षेत्र नं १ अछाम

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेसको १४ औं महाधिबेशन देशभर चलीरहेको छ । गाउँ, नगर पछि अहिले क्षेत्रमा अधिबेशन चलीरहेको छ । कयौ जिल्लामा बिबादै बिवादमा अधिबेशन चल्यो । कयौ जिल्लाले जिल्ला अधिबेशन समेत सकिसकेका छन ।


यता बिवादबाट अछाम क्षेत्र नं १ समेत अछुतो रहेन । कुल मतदाता संख्या ७६४ रहेको क्षेत्र न १ मा ७५७ मत खसेको भनेर निर्वाचन समितीले जनाएको बताएको थियो ।मत गणनाको क्रममा पहिलो मत पेटिकामा ४१७ मत गणना गरिसकेपछी बाँकी रहेका मत पेटिका खोलेर मिलाउने क्रममा जम्मा मतपत्र संख्या ७७५ पुगेको गणना स्थलमा रहेका उम्मेदवारहरुले बताए ।रोकीएको मत गणना गर्न कुनै नेताले सक्रीयता र लचिलो पन देखाएका छैनन्, कारण आफु र आफ्नो मान्छे हार्ने डरले उम्मेदवार नै एक अर्का सम्म भिड्न खोजिरहेका छन ।

३ दिनहुदाँ समेत नेताहरुले समस्याको समाधान गर्न सकेका छैनन्, मतपेटीका नेपाल प्रहरी र सशत्र प्रहरीको घेरामा राखिएको छ । निवार्चन अधिकृत गणेश ढुंगाना समेत नेपाली कांग्रेसको क्षेत्रिय पार्टी कार्यलय बाहिरको चिसो पेटीमा खुल्ला आकास मुनि रात बिताईरहेका छन ।

समस्या समाधान गर्न कयौं उपाय हदाँ समेत उनिहरुले कुनै मतलब गरिरेका छैनन् । निकास दिनुपर्ने नेताहरु एक आपसमा भिड्ने शक्ती प्रर्दशन गर्ने गरिरहेका छन ।


खुल्ला महाधिबेशन प्रतिनीधिमा १० जना आवश्यक भएपनी २८ जनाको उम्मेदवारी परेको छ । १८ जना हार्ने निश्चीत नै छ । १८ हैन माहधिबेशन प्रतिनीधिमा उम्मेद्धार दिएका ६० जना उम्मेद्धार हार्द कुनै फरक प्रदैन ।मात्रै अछाम कांग्रेस नहारोस् भन्ने चाहाना छ । कयौ इमान्दार कांग्रेस कार्यकर्ताको, अछाममा यी नै मुख्य कांग्रेस अछामका नेता भनीएका हरुका कारण नै अर्को राजनितीक दल सँग प्रतिस्प्रर्धा गर्ने बेला कांग्रेस अछाम हारेको छ , कारण यस्तै गुट उपगुटका कारण ।

६१ बर्षसम्म अछामबाट कांग्रेसको केन्दीय समितीमा एक जना छैनन् , सदस्य

२०१७ सालमा नेपाली कांग्रेसको ७ औं महाधिबेशनबाट अछामबाट दिल बहादुर बुढ्थापा पहिलो केन्द्रिय सदस्य भएका थिए त्यती बेला कांग्रेसको केन्द्रिय समिती करिव २० जनाको रहेको थियो ।करिव ६१ बर्षसम्म हुदाँ समेत अछाम जिल्लाबाट एकजना समेत केन्द्रिय समितीमा पर्न सकेका छैनन, हाल नेपाली कांग्रेसको केन्द्रिय समिती १सय भन्दा बढी रहेको छ । बरु नेकपा एमालेमा भने डा. भिम रावल केन्द्रिय उपाध्यक्ष भइसकेका छन , ऐमालेको चितवामा हुन गईरहेको १० औं महाधिबेशनबाट अध्यक्ष पदका आफ्नो उम्मेद्धावरी प्रस्तुत गरिसकेका छन ।

कारण यहाँबाट नेपाली कांग्रेसको महाधिबेशन, महासमीती प्रतिनीधि गएकाहरु ६१ बर्ष देखि आम साधारण कार्यकर्ताको जसरी भोटर मात्रै बनेका मात्रै हैन केन्द्रिय नेता सामु आफु र आफु निकट नेताहरुलाई टिकटको निम्ती मात्रै महाधिबेशन प्रतिनीधि जाने गरेको आरोप लाग्ने गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया