Advertisement
SKIP THIS
युवा नेता शाह क्षेत्रिय सभापतिमा विजयी

निराकरण खबर अछाम:नेपाली काँग्रेस कैलालीका युवा नेता प्रकाश शाह कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को नेपाली काँग्रेसको सभापतिमा निर्वाचित भएका छन ।

हालै सम्पन्न नेपाली काँग्रेस कैलाली जिल्लाको क्षेत्रिय तहको निर्वाचन अन्तरगत शाह निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रिय सभापतिमा विजयी भएका हुन ।

जम्मा ५०४ मत रहेको काँग्रेस क्षेत्र नम्बर १ मा ५०० मत खसेका थिए । जसमध्ये निर्वाचित सभापति शाहले २५९ मत प्राप्त गरि विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस क्षेत्र नम्बर १ का वर्तमान क्षेत्रिय सभापति भुवनेश्वर अधिकारी ले २०० मत प्राप्त गरेका गरे ।

निर्वाचित शाह वर्तमान क्षेत्रिय कार्यसमतिका क्षेत्रिय सचिव हुन भने अधिकारी क्षेत्रिय सभापति हुन ।

तपाईको प्रतिक्रिया