Advertisement
SKIP THIS
डौठेगडा मेलाको अवसरमा बान्नीगढी जयगढ गाउँपालिकाद्वारा सार्वजनिक बिदा

निराकरण खबर :डौठेगडा मेलाको अवसरमा बान्नीगढी जयगढ गाउँपालिकाद्वारा सार्वजनिक बिदा दिएको छ।

कार्तिक शुक्ल पूर्णिमाका दिन बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ गाज्रामा लाग्ने एतिहासिक डौढेगडा मेलाको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिईएको पालिकाले जनाएको छ।

यहि मंसिर ३ गते डौठेगडा मेला लाग्दैछ।

यस्तो छ, डौठेगडा मेलाको एतिहासिक महत्त्व

डौंठेगडा दसैंमेला वि.स. १८४९ साल देखि निरन्तर रूपमा मनाईदैं आईएको छ।डौंठेगडामा सयौं राँगा र बोकाको बली दिएर बर्दादेबी माताको पूजा गरिन्छ।

आफ्नो मनोकांक्षा पुराहोस् भनेर बर्दादेबी मातालाई राँगा बोकाको भाकल गरिन्छ। मनोकांक्षा पुरा भयो भने यहाँ राँगा बोकाको बली चढाउने परम्परा परापूर्वकाल देखि नै चलिआएको छ। 

तत्कालिन समयमा नेपालमा बाईस्से चौबीसै राज्य भएको बेला खप्तडी खड्का श्री सीकिन्दर खड्काको पालादेखि नै डौठेगडामा मेला सुरुवात भएको ईतिहास रहेको पाईन्छ ।  तत्कालिन समयमा गाउँका मुखियाको टाउको काट्नु भन्ने आदेश राजाबाट आएपछी राजाको आदेशमा अछामका गाउँगाउँमा रहेका मुखियाहरूलाई प्रहरीले पक्राउ गर्दै लिएकाे थियो ।

सोही क्रममा गाज्राका मुखिया सिकीन्दर खड्कालाई पनि त्यो बेलाको प्रहरीले पक्राउ गरी लिएको र संयोगबस उनलाई लिने प्रहरी प्रमुख उनका मित रहेका डौठेगडा मेलाका जानकार थिर बहादुर खड्काले बताए ।

जब उनलाई काट्न अछाम र दैलेखको सिमाना कर्णाली नदीको किनार बेलखेतमा पुर्याईयो र उनलाई काट्नलाई उनकै मीत प्रहरी आए।

काट्न आएका खड्काका मित प्रहरीले उनलाई  भने, तपाई आफुले पुज्ने देबी देउतालाई सम्झनुहोस्, सिकीन्दर खड्काले बरदादेवी मातालाई सम्झेर कर्णाली नदीमा हाम फालेर सकुशल नदी तरेको डौंठेगडाका जानकार थिर बहादुर खड्का बताउछन ।

पौडी खेल्न नसक्ने खड्काले आफू नदी तरेर पारी जना सकेपछि डौंगेगडामा दौडाउँदै राँगाको बली चढाउने भाकल गरेका थिए।

सहजै नदी पार गरेपछि गाउँमा फर्किएर तिनै खड्काले डौठेगडामा छौडाउँदै राँगाको बली दिएर दसैं मेलाको सुरुवात गरेको भनाई छ। 

त्यो बेलादेखि नै यहाँ दसैँ मेला लाग्ने गर्दछ। आफ्नो मनोकांक्षा पुराभए दौडाउँदै राँगाको बली दिने भाकल गरिन्छ।मनोकांश पुराभए राँगालाई दौडाएर बली चढाउने परम्परा छ। यहाँ अछामवाहेक बाजुरा, डोटी, कैलालीलगायत देश विदेशबाट मेला भर्न हजारौंको उपस्थित हुन्छन्।

तपाईको प्रतिक्रिया