Advertisement
SKIP THIS
कांग्रेस नेता खड्काद्धारा महाधिबेशन प्रतिनिधीका लागि उम्मेद्धारी घोषणा

निराकरण खबर अछाम :कांग्रेस नेता राजेन्द्र खड्काले महाधिबेशन प्रतिनिधीका लागि उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत हुने क्षेत्रिय अधिबेशनमा केन्द्रिय महाधिबेशन प्रतिनिधीका लागि उम्मेद्धारी घोषणा गरेका छन् । खड्काले अछाम जिल्लाको क्षेत्र नंं. १ बाट खुल्ला तर्फ महाधिबेशन प्रतिनिधीको उम्मेद्धारी घोषणा गरेको जानकारी दिए ।

क्षेत्र नं. १ का क्षेत्रिय प्रतिनिधीको साथ, सहयोग र मत पाए आफले कांग्रेस अछामलाई बलियो पार्टी बनाउन भुमिका खेल्ने बताएका छन् । नेपाली कांग्रेसमा नेतृत्व गर्न युवाहरुको खाचो परेको , युवाहरु समेत कांग्रेशको तेतृत्व लिन लागिरहेका आफुले समेत युवाहरुलाई नेतृत्वमा पुर्याउन आफुले यसपटक जिल्ला देखि केन्द्र सम्म पहल गर्नर्का लागि महाधिबेशनमा उम्मेद्धारी दिएकाले साथ दिन खड्का आग्रह गरेका छन् ।

आफु सदैव एक आपसमा एकता र मेल मिलापको पक्षमा रहेको बताउदै नेपाली कांग्रेसमा बान्नीगढी जयगढ गाउँपालीकामा समेत नयाँ कार्यसमिती सहमतीमा चयन भएको बताए ।

कांग्रेस क्षेत्र नं. १ बाट उनले सुदृढ कांग्रेसका लागि युवालाई स्थान भन्ने नाराका साथ आफु महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी दिने घोषणा गरे ।
बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष समेत रहेका खड्का कांग्रेस अछामको जिल्ला सदस्य हुन् ।

कांग्रेस अछामले मंसिर ३ गते प्रदेश सभा, ६ गते क्षेत्रिय र १० गते जिल्ला अधिबेशन गर्दैछ ।

तपाईको प्रतिक्रिया