काठमाडौंः नेकपा (एमाले)ले आफूबाट विभाजित एकीकृत समाजवादीका सांसदहरूलाई गैरसंवैधानिक भन्दै सभाबाट निष्कासन गर्नुपर्ने माग गरेको छ।
रोष्ट्रमअघि उभिएर एमाले सांसदहरूले गैरसांसदलाई बैठकमा राख्न नपाइने भन्दै नारावाजी गरिरहेका छन्। उनीहरूले पार्टी फुटाउन सभामुख मतियार बनेको आरोपसमेत लगाए।
एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आजको बैठकमा उपस्थित भए सदन चल्न नदिने चेतावनी दिएका थिए।









