मदन विक बाजुरा:बाजुराकाे बुढीगंगा नगरपालिका वडा ९ बिर्खम्म डाडाँको जङ्लमा भालुको आक्रमणमा परि एक युवती गम्भीर घाइते भएकी छन् ।
बिहिबार दिउसाे ४ बजेतिर भालुको आक्रमण बाट जुवापानी गाउँकी २१ बर्षीया काैसीला नेपाली घाइते भएकी हुन् । दिउसाे गाेठालाे जाने क्रममा नेपालीलाई भालुले आक्रमण गरेको स्थानिय बताएका छन् ।
घाइते महिलाको बयालपाटा अस्पतालमा उपचारका लागि लगिदै गरेकाे आफन्तले बताएका छन । घाईते महिलाको टाउको,मुख र घाटीमा गम्भिर चाेट लागेको छ । घाइतेकाे आर्थिक अवस्था भने कमजाेर रहेकाे छ ।










