Advertisement
SKIP THIS
महाधिवेशनको टुङ्गो लगाउन कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हो।

बैठकले १४औँ महाधिवेशनको भदौ १६ देखि १९ मा हुन सक्ने या नसक्ने भन्नेबारे ठोस निर्णय हुन सक्ने बताइएको छ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुने बताए।

तपाईको प्रतिक्रिया