Advertisement
SKIP THIS
अछाममा मलामी आएका एक पुरुष मृत अवस्थामा फेला

निराकरण सम्वाददाता अछाम :अछाममा मलामी आएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

सोमबार चाैरपाटी गाउपालिका वडा नं ६, दुनि घर भएका वर्ष ५८ का राम सिह साउद मृत भेटिएका ईलाका प्रहरी कार्यलय साफेबगरले जनाएको छ।

सोमबार बिहान अाफन्तकाे मलामी अाएका उनी घर फर्किने क्रममा सोमबार दिउसाे करिब ४ बजे प्रभालि गाड र बुढिगंगा नदिको दोभान नजिकै मृत भेटिएका हुन।

मृतककाे शव पोष्टमाटमका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया