Advertisement
SKIP THIS
नदिजन्य पदार्थ उत्खनन गरे साफेबगर नगरपालिकाले कारवाहि गर्ने

निराकरण सम्वाददाता अछाम: बर्षाको २ महिना साउन र भदौमा नदि लगायत अन्य खोलानाला क्षेत्रमा नदिजन्य पदार्थ उत्खनन गरे कारवाहि गरिने भएको छ।

बुढीगंगा नदिबाट अबैध बालुवा उत्खनन भईरेको गुनासो तथा सञ्चार माध्यममा समाचार प्रकाशित पछि साफेबगर नगरपालिकाले एक सूचना जारी गर्दै अर्को सुचना जारी नहुदासम्म नदिजन्य पदार्थ उत्खनन गर्न नपाईने जनाएको छ।

बुढीगंगा नदिबाट बालुवा उत्खनन गरे प्रति ट्याक्टर रु ३ हजार र प्रति टिप्पर ५ हजार जरिवाना हुने नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया