Advertisement
SKIP THIS
अछाम सहित सुदूरपश्चीमका सात जिल्लामा कोरोना महामारीको तेस्रो लहरको जोखिम उच्च

निराकरण सम्वाददाता अछामनिषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण सुदूरपश्चीमका अछाम सहित कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी र बाजुरामा कोरोना महामारीको तेस्रो लहरको जोखिम उच्च रहेको छ ।

खुल्ला सिमाना दैनिक सयौको सङ्कख्यामा भारत वारपार हुने गरेका कारण सुदूरपश्चीमका ७ जिल्लामा कोरोना महामारीको तेस्रो लहरको जोखिम उच्च रहेका हो ।यस अघिका पहिलो, दोस्रो लहर समेत भारतबाट आएकाबाट फैलीएको थियो । पहिलो लहरमा स्थानिय सरकारहरुको सक्रीयतामा कोरोना नियन्त्रणमा आएको थियो । दोस्रो चरणमा भनेसरकारले नै क्वारेन्टीन आवश्यक नपर्ने भनेपछि महामारी फैलिएको थियो । दोस्रो लहर नियन्त्रणमा नआउदै तेस्रो लहरको जोखिम बढेको छ ।

खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ।
मन्त्रालयका सह–प्रवक्ता डा .समीरकुमार अधिकारीले विगतभन्दा संक्रमणदर बढ्दै गएको बताए। ‘महामारीको उच्च जोखिमबाट गुज्रिरहेको अवस्था छ,’ सह–प्रवक्ता डा। अधिकारीले भने, ‘स्वास्थ्यका पूर्वाधार र स्वास्थ्यकर्मीले गर्ने सेवाभन्दा बढी सेवा लिन स्वास्थ्य संस्थामा आउने अवस्था हुँदै गए व्यवस्थापन गर्न गाह्रो हुन्छ।

तपाईको प्रतिक्रिया