Advertisement
SKIP THIS
नेशनल लाईफ इन्स्योरेन्स अछामद्वारा परीक्षार्थीको लागि स्वास्थ्य सामाग्री बितरण

निराकरण सम्ववाददाता अछाम :नेपालको पहिलो तथा अग्रणी जीवन बिमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड अछाम शाखाले परीक्षार्थीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

सस्थाले सामाजिक उत्तरदायित्व मार्फत साफेबगर नगरपालिका वडा न. २ स्थित त्रिपूरा सुन्दरी क्याम्पस श्रीकोटमा सञ्चालन भएको स्नातक तह प्रथम बर्षको परीक्षामा सहभागी परीक्षार्थीको लागि ३५० थान माक्स तथा ७ डिब्बा सेनिटाइजर बितरण गरेको हो।

स्नातक तह अन्तरगत प्रथम बर्षको परिक्षा चलिरहेको समयमा विभिन्न बिधार्थीहरुको भिड हुने अछाममा अझै कोरोनाको जोखिम रहेकाले जोखिम कम होस भन्ने उदेश्यले माक्स तथा सेनिटाइजर सहयोग गरिएको शाखा प्रबन्धक दिपक बहादुर खड्काले बताए ।

क्याम्पस संचालक समितिका अध्यक्ष टेक बहादुर कुवरले नेशनल लाईफ इन्स्योरेन्सलाई धन्यवाद दिदै सामाजिक कार्यमा अग्रसर रेहेको भन्दै प्रशंसा गरे।

तपाईको प्रतिक्रिया