निराकरण सम्वाददाता अछाम:अछाममा घरेलु मदिरा प्रहरीकै सहयोगमा बिक्री बितरण हुदै आएको खुलेको छ । शनिबार अछामको साफेबगर नगरपालीका वडा नं ८ चण्डीका बयालपाटामा रहेको इलाका प्रहरी कार्यालय बयालपाटा आएका नयाँ कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक शंकर बहादुर शाहीकोले आयोजना गरेको परिचयात्मक कार्यक्रमा त्यस क्षेत्रका जनप्रतिनीधी, राजनितीक दल , समाजसेवि,ब्यापारीले बताएका छन ।
तत्कालीन समयमा ईलाका प्र्रहरी कार्यालय बयालपाटाको नेतृत्व सम्हालेका प्रहरी नायब निरीक्षक राम सिह कार्कीले त्यस क्षेत्रका आतङ्कनै मच्चाएको खुलेको छ । कानुनको पालना गर्नु पर्ने ब्याक्तीले नै कानुनको धज्जी उडाउदै आतङ्क मच्चाउदा जनताले प्रहरीबाट के आस गर्ने होला?
राम सिह कार्कीले आफ्नो कार्य क्षेत्र रहेका साफेबगर नगरपालिका वडा नं ६ भाग्यश्वर ७ नं रिडीकोट,र ८ नं चण्डीका त्यसैगरी बान्नीगढी जयगढ गाउँपालीका वडा नं १ गाज्रा २ जनालीकोटमा घरेलु मदिरालाई बिक्री बितरण गर्न सहयोग गरेको खुलेको छ ।तत्कालीन कार्यलय प्रमुख कार्कीले सरकारले नै गैरकानुनी भन्दै बन्देज गरेको मदिरालाई उत्पादन गर्नमा सहयोग गरि उनिहरुबाट रकम असुली गर्ने, मदिरा उत्पादन तथा बिक्री बितरण हुदै छ भनेर सुचना दिने ब्याक्तीको नाम समेत गोप्य नराख्ने उल्टै सुचना दिनेको नाम मदिरा उत्पादक र बिक्री बितरण गर्नेलाई भनीदिएर उनिहरु बिच द्धोन्द सिर्जना गर्ने गरेको समेत उपस्थीतहरुले बताएका छन ।
कार्की कार्यलय प्रमुख हुदाँ ईलाका प्रहरी कार्यलय बयालपाटा रहेकै बजारमा समेत मदिरा चीया सरह बिक्री हुदै आएको खुलेको छ ।
घरेलु मदिरा नष्ट गर्ने अपरेसनको नाममा प्रहरी नायब निरीक्षक राम सिंह कार्कीले गाउँ गाउँ जाने र पैसा असुल्ने, पैसा दिनेको केहि नर्गने, पैसा नदिनेलाई धम्काउने र मदिरा नष्ट गर्ने गरेको समेत भेटीएको छ ।
तत्कालीन समयमा जिल्ला प्रहरी कार्यलय अछामले अभियानकै रुपमा घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरेको थियो ।सो बखत जफत गरिएका घरेलु मदिरा उत्पादन गर्ने भाडाकुडा नष्ट गर्नु पर्नेमा उल्टै पुन ह उनिहरुलाई नै बिक्री गरेको खुलेको छ ।
को कती बेला घरेलु मदिरा ओसार पसार गर्छ उसले तत्कालीन प्रहरी प्रमुख कार्कीलाई फोन गर्ने र उतिबेला उनि आफै र आफ्नो प्रीय प्रहरीलाई डीउटीमा खटाउने र त्यो ठाउँका जादै नर्गने समेत एक वडा अध्यक्षले बताए ।यस अगाडीका कार्यलय प्रमुखले ठुलो गैर जिम्मेवारी काम गरेको अब सुर्धाने जिम्मा नयाँ कार्यालय प्रमुख प्रहरी प्रहरी सहायक निरीक्षक शंकर बहादुर शाहीको रहेको उपस्थीत हरुले बताएका छन ।









