Advertisement
SKIP THIS
ओलीका जसरी देउवाले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने

काठमाडौंःप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने भएका छन्।

कांग्रेस पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले शुक्रवार र शनिवार पार्टीको बैठक बालुवाटारमा राखेका थिए। तर पार्टीभित्रैबाट आलोचना भएपछि देउवाले पार्टीका बैठकहरु पार्टी केन्द्रीय कार्यालय सानेपा वा देउवा निवास बूढानिलकण्ठमा राख्न लागेका हुन्।

त्यससँगै शुक्रवार बस्ने पार्टीको पदाधिकारी बैठक देउवा निवास बूढानिलकण्ठमा राखिएको छ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले अबदेखि पार्टीका कुनै पनि बैठक प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने बताए।

यसअघि एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै बैठकहरु प्रधानमन्त्री निवासमा नै राख्ने गरेका थिए।

तपाईको प्रतिक्रिया