दार्चुला:दार्चुलाको शैल्यशिखर नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले बिहिबार एक सुचना जारी गर्दै मालिकार्जुन देवताको पुजन जात्राको अवसरमा साउन ८ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।
राष्ट्रकै सातौं धाम तथा दार्चुला जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थल मालिकार्जुन धाममा प्रत्येक बर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ।
नगरपालिकाले उक्त दिनलाई शैल्यशिखर दिवसका रुपमा मनाउने गरी विदा दिने भएको हो।









