Advertisement
SKIP THIS
वनबासा पुलमा आवागमन बन्द

धनगढी:महाकाली नदीमा पानीको बहाव बढे पनि पश्चिमीनाका गड्डाचौकीबाट नेपाल–भारत आवागमन आज बिहानसम्म रोकिएको छैन। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले नदीमा पानीको बहाव एक लाख ४० हजार क्युसेक नाघेको बताए।

उनले दिएको जानकारी अनुसार महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि पुलमा हिँडडुल गर्न जोखिम हुने भन्दै भारतीय पक्षले चार पाङ्ग्रे सवारीसाधनलाई रोक लगाउँदै आएको छ।

पुलबाट यात्रुलाई पैदल यात्रामा भने कुनै रोकटोक नरहेको गुरुङले जानकारी दिए। यहाँबाट दैनिक चार सयदेखि पाँच सय नेपाली रोजगारीका लागि भारत गइरहेको प्रहरीले जनाएको छ। “केही दिनयताबाट भारतीय पक्षले पिसिआर परीक्षण रिपोर्टबिना नै भारत जान दिइरहेको छ”, उनले भने, “सीमामा भारतीय सुरक्षाकर्मीले रोजगारीका लागि जानेको नागरिकता, आधार कार्ड लगायतका कागजात भने हेर्ने गर्छन।” रासस

तपाईको प्रतिक्रिया