निराकरण सम्वाददाता अछाम:अछाममा आज जीप दुर्घटना भएको छ।
मेल्लेखबाट साफेबगर आऊदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १३२७ नम्बरको जिप साफेबगर नगरपालिका ४ मष्टामाडौमा दुर्घटना भएको हो।
जिपमा ७ यात्रु सवार रहेको थिए । ७ जना मघ्ये ५ जना घर फर्किसकका २ जनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ।
उपचार गराईरहेका २ जनाको अवस्था समेत सामान्य रहेको छ। जिपको ब्रेक फेल भएर दुर्घटना भएको घटना स्थलबाट पत्रकार डण्डी भट्टले जानकारी दिए।










