Advertisement
SKIP THIS
आज बीपी कोइरालाको ३९औं स्मृति दिवस

काठमाडौं:नेपाली  काँग्रेसका  संस्थापक  एवं  देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ३९औंँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपाली काँंग्रेसले १४औँ महाधिवेशन तयारी गरिरहँदा यो दिवस  जिल्लाको स्थानीय  परिस्थितिअनुसार  मनाउन परिपत्र  गरेको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए । वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन  ६  गते  क्यान्सर  रोगका कारण  निधन भएको  थियो  ।

राजनीतिमा बीपी’ र नेपाली साहित्यमा विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक थिए । उनले राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राखे ।

राणा शासनको अन्त्यसँगै ३६ वर्षको उमेरमा गृहमन्त्री बनेका कोइराला २०१५ सालको आमनिर्वाचनमा नेपाली कांँग्रेसले  दुई  तिहाइ  स्थान प्राप्त  गरेपछि  उनी पहिलो  निर्वाचित प्रधानमन्त्री भए ।

उनले  जनतालाई  सर्वोपरि  राखेर गरेको  राजनीतिबाट तत्कालीन राजा महेन्द्रलाई  सह्य  भएनध्र  निर्वाचित सरकारलाई  अपदस्त  गरी  प्रधानमन्त्री बीपीलगायतका नेतालाई सेनाको बलमा आठ वर्ष बन्दी बनाइयो ।त्यसपछि उनी आठ  वर्ष  प्रवास  र फेरि  स्वदेश  फर्केर पञ्चायतविरुद्ध  लड्दा  कठोर काराबास  र सङ्घर्सम‌ उनको  जीवन  बित्यो।

मानिस  ठूलो  होइन  असल बन्नुपर्छ’ भन्ने मान्यताबाट अगाडि बढ्नु भएका बीपीले चाहेको भए जीवनभर जस्तै प्रधानमन्त्री  बन्नु  सक्थे । तर  उनले  सत्ताभन्दा  निष्ठा, आदर्श  र त्यागको राजनीति गरे ।

तपाईको प्रतिक्रिया