Advertisement
SKIP THIS
अछाममा एमालेका जिल्ला सदस्य सहित आधा दर्जन बढी कांग्रेसमा प्रबेश

अछाम :नेकपा एमाले परित्याग गरी अछाममा आधा दर्जन नेता तथा कार्यकर्ता कांग्रेस प्रवेस गरेका छन।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति अछाममा एक कार्यक्रमका बीच चौरपाटी गाउँपालिका वडा न ५ लुंग्रा घर भएका नेकपा एमालेका जिल्ला कमिटी सदस्य नर बहादुर खड्का चौरपाटी गाउँपालीका गाउँ कमिटी सदस्य किष्ण खड्का, चेत बहादुर खड्का ,पदम बहादुर खड्का लगायत नेता कार्यकर्ता हरु कांग्रेस प्रवेश भएका हुन् ।

नव प्रवेशीहरुलाई नेपाली कांग्रेस अछामका पाटी सभापति भरत कुमार स्वारले कांग्रेस स्वागत गरे ।

नेकपा एमालेका जिल्ला स्तरका नेता कांग्रेस प्रवेश भएपछि नेकपा एमाले पाटिलाई ठुलो घाटा भएको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेमा पछिल्लो समय यता भइरहेको किचलोको कारण आफ्नो राजनीति यात्रा सुरक्षित गर्न उनीहरु कांग्रेस प्रवेश भएका हुन् ।

नेकपाको आन्तरिक द्वन्दका कारण नेकपाका नेताकार्यकर्ता हरु कांग्रेस प्रवेश हुने क्रम तीब्र रुपमा बढिरहेको छ ।

प्रवेश कार्यक्रममा पुर्व पाटी सभापति पुष्प बहादुर शाह ,मेघराज खड्का ,पुर्व राजदुत बलबहादुर कुवर ,पार्टी उपसभापति नयाँराम बजगाइ,सचिव नमबहादुर शाही,महासमिति सदस्य बलबहादुर कुवर महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी,तुर्माखाद गाउँपालिका अध्यक्ष एवं कांग्रेस युवा नेता पुष्पराज शर्मा लगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया