Advertisement
SKIP THIS
अछाममा जेसीबी दुर्घटना हुँदा १ जनाको मृत्यु ,२ घाईते

अछाम:अछाममा जेसीबी दुर्घटना हुँदा १ जनाको घटना स्थलमै ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन् ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १४ काला गाउँ स्थित ठाटीखाँद तिर जाँदै गरेको नम्बर नखुलेको जेसिवी सडकबाट  करिव ७० मिटर तल खस्दा जिल्लाका ढकारी गाउँपालिका वडा नम्बर २ का राम बहादुर साउदको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

दुर्घटनामा परी सहचालक र एक जना सवार घाइते भएका हुन् । घाइते सवार व्यक्तिको ठेगाना खुलेको छैन । घाइतेको जिल्ला अस्पतालमा उपचारका लागी मङ्गलसेनमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया