अछाम:नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। अछाम जिल्ला क्षेत्र नं १ बाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले प्रतिनिधि सभा सदस्य पद बाट राजीनामा दिएका हुन्।
रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै देश र जनविरोधी राजनीतिको मतियार आफु नबन्ने बताए। ‘‘देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु’ उनले भने।
रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठिन कार्यदलमा नेपाल समूहबाट संयोजक थिए। पार्टी एकता कायमै राख्न उनको जोडबल थियो।
उनले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन माओबादी केन्द्र र एमाले बिच भएको गठबन्धनबाट २४ हजार ८८३ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका थिए।










