कञ्चनपुर:जबरजस्ती करणीमा मुद्दामा फरार रहेका एक अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका ९ बस्ने बिष्णु राना रहेका छन । उनलाई जिल्ला अदालतले २०७७ मंसीर २४ गते १ वर्ष कैद र एक लाख जरिवानाको सजाय सुनाएको थियो।
त्यसपछि फरार सूचिमा रहेका उनलाई पक्राउ गरी अदालतमा पेश गरेकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।










