अछाम:अछाममा एक जना मृत फेला परेका छन् ।
जिल्लाको चौरपाटी गाउँपालिका–४ चित्रेमा एक महिला असार ३१ गते मृत फेला परेकी हुन् ।
चित्रे स्थित बुढीगंगा नदीको किनारमा नाम, थर, वतन, उमेर नखुलेकी महिला मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बहादुर बोहराले जानकारी दिनुभयो ।
असार ३१ गते स्थानीयले किनारमा सब देखेर प्रहरीलाई जानकारी गराएका थिए भने साउन १ गते घटनाको मुचुल्का उठाइएको थियो ।
बेवारिसे अवस्थामा मृत भेटिएको उक्त महिलाको शव जिल्ला अस्पताल अछाममा राखिएको छ । उक्त शवको अहिलेसम्म पारिवारिक अवस्था थाहा हुन सकेको छैन ।









