Advertisement
SKIP THIS
पहिलो पटक अछाममा एमबिएसको पढाई हुदैँ

अछाम:अछाम बहुमुखी क्याम्पस अछाममा एमबिएसको पढाई हुने भएको छ । आर्थिक बर्ष २०७८र०७९ देखि स्ताकोत्तरमा एमबिएसको पठन पाठन सुूरु हुने क्याम्पस प्रशासनले जनाएको छ ।

अछामको सदरमुकाममा रहेको जिल्लाको अग्रणी क्याम्पसमा एमबिएसको पढाईका लागि अनुमति प्राप्त भएको क्याम्पस प्रमुख छत्र बहादुर बिष्टले बताए ।

उनको अनुसार त्रिभुवन बिश्व बिद्यालयले सम्बन्धन दिएपछि क्याम्पसमा यसै शैक्षिक शत्र बाट पढाई सुरु हुने भएको हो ।

असार २० गते देखि साउन १८ गते सम्म आवेदन बुझाउने मिति कायम गरिएको छ भने दोब्बर दस्तुरमा साउन २५ गते सम्म पनि फारम बुझाउन सकिने क्याम्पसले जनाएको छ । प्रबेश परिक्षा साउन ३० गते भएर भाद्र ५ गते नतिजा प्रकाशन तथा भाद्र १६ गते बाट कक्षा संचालन गरिनेछन् ।

त्रिवी कार्यकारी परिषदको असार २८ गतेको निर्णय अनुसार व्यावस्थापन संकायका देशका विभिन्न २३ सामुदायिक क्याम्पसलाई स्वीकृती प्रदान गरेको थियो । जसमा अछाम जिल्लाबाट सदरमुकाममा रहेको अछाम बहुमुखी क्याम्पसले अनुमती पाएको हो ।

क्याम्समा प्लस टु, स्नातक र शिक्षाशास्त्र संकायमा यसअघि पनि स्नातोक्त्तरको पढाई हुने गरेको क्याम्पस प्रमुख बिष्टले जानकारी दिए ।

स्नातक सकेर बसेका बिद्यार्थीहरु कोही जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको सोही क्याम्पसमा स्नातक सकेका झनक रावलले बताए।क्याम्पसले एमबिएको अनुमती पाएकोमा खुशी व्यक्त गर्दै रावलले यस कार्यमा संलग्न क्याम्पस प्रमुख लगायत सबैलाई धन्यवाद दिएका छन् ।

स्नातोक्त्तरको जिल्ला भित्रै पढाई नहुदा कतियप जिल्ला बाहिर जानुपररहेको थियो भने कतिपयले पढाई नै रोक्नु पर्ने बाध्इता थियो ।

अब जिल्लामै पढाई सुरु भएपछि त्यसको अन्त्य हुने व्यावस्थापनका पूर्व बिद्यार्थी पदम बहादुर थ्यायतले बताए ।

तपाईको प्रतिक्रिया