निश्चल नरेश बोगटी :डोटीमा ट्रक र जिप एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन् । शनिबार बिहान ८ बजेको समयमा दिपायलबाट धनगढी तर्फ गइरहेको चालक अमृत बिकले चलाउदै आएको ग १ ख ५३८८ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गइरहेको जिप चालक मिथुन बोहराले चलाएको से १ ज ९३७ जिप एकआपसमा ठोक्किदा जिपमा सवार जिल्लाको शिखर नगरपालिका ८ बस्ने ४० बर्षिय प्रकाश रावल घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाइते रावलको बायाँ खुट्टामा सामान्य चोट लागेको हुदा शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको तथा दुबै गाडीको अगाडीको भाग कुच्चिएको जिल्ला प्रहरी कार्यालय डोटीका सह-प्रवक्ता रवीन्द्र चन्दले बताए ।









