निराकरण सम्वाददाता अछाम :अछाममा निर्माणाधिन पक्की पुल भत्किएको छ।
दुई दिन देखि परेको अबिरल बर्षा सँगै लुङ्गेलिगाडमा आयो बाढीले सेती लोकमार्ग अन्तरगत लुङ्गेलिगाडमा निर्माणाधीन पुल भत्काएको हो।

२०७७ चैत २० मा सम्पन्न गर्ने गरि २०७५ असार २१ गते
स्वार कन्ट्रक्सन अछामले ४ करोड १६ लाख ७४ हजार ५ सय ७२(भ्याट सहित) रुपैयाँमा पुल निर्माणको जिम्मा पाएको थियो ।
जग्गा बिवाद र कोरोना लहरका कारण गरिएको निषेधाज्ञा कारण समयमै पुल सम्पन्न गर्न नसकिएको निर्माण पक्षले जनाएको छ।











