निराकरण सम्वाददा अछाम:अछाममा इन्जिनियर मृत अवस्थामा भेटीएका छन ।
जिल्लाको तुर्माखाँद गाउँपालीकामा कार्यरत हिक्मत बहादुर बुढा इन्जिनियर मृत अवस्थामा भेटीएका जिल्ला प्रहरी कार्यलय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्याल जानकारी दिए ।
उनि तुमाँखाद गाउँपालीका कार्यलय नजिकै झुन्डीएको अवस्थामा फेला परेका र जिल्ला प्रहरी कार्यलय अछामबाट टोली घटना स्थल गएको प्रहरी प्रमुख अर्यालले जानकारी दिए ।
पन्चदेवल बिनायक नगरपलिका स्थार्इ घर भएका बुढा तुर्माखाँद भाडामा बस्दै आएका थिए। सोमबार बिहानको खाना खाएर कोठामा गएका बुढा तीन चार दिन देखि अस्वस्थ रहेको बुझिएको छ। दिउसोको समयमा आयोजनाको फाइलमा हस्ताक्षर गराउन उनको कोठामा गएका एकजना प्राबिधिकले झुन्डियको अवस्थामा देखेपछी प्रहरी लाई खबर गरेका थिए।
घटनाका थप बिवरण आउन बाकी रहेको छ ।










