Advertisement
SKIP THIS
डोटीमा अछाम जादै गरेको स्कारपियो दुर्घटना

बिक्रम खड्का डोटी:डोटीमा अछाम जादै गरेको स्कारपियो दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

जिल्लाको पुर्वीचौकी गाउँपालिका वडा ४ सानागाउँमा धनगढीबाट अछाम जादै गरेको स्कारपियो दुर्घटना भएको हो।

पहलमानपुर सिंह स्वार राजमार्ग अन्तर्गत पुर्वीचौकी गाउँपालिका वडा ४ सानागाउँमा कैलालीको गोदावरी नगरपालिका ११ शान्तिपुर वस्ने ३७ वर्षीय गोबरीराम चौधरीले चलाएको प्रदेश ३ ०१०२४ च १७८४ नम्बरको स्कारपियो मोड्ने क्रममा सडकमै पल्टेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा परी अछामको साफेँवगर नगरपालिका वडा नम्बर २ वस्ने अन्दाजी ३२ वर्षीया अनिता गहताराको खुट्टा र हातमा चोट लागेको छ।

उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। उक्त स्कारपियोमा चालहसहित ५ जना सवार थिए। अन्यको अवस्था सामान्य रहेको डोटी प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया