Advertisement
SKIP THIS
मंगलसेन नगरपालिकद्धारा  ५ वटा बाल बिकास केन्द्रका सहजकर्ताहरुलाई पुरस्कृत

अछाम:अछामको मंगलसेन नगरपालिका अन्र्तगतका ५ वटा बाल बिकास केन्द्रका सहजकर्ताहरुलाई पुरस्कृत गरिएको छ ।

नगर भित्रका बाल बिकास केन्द्र मध्ये ५ जनालाई उकृष्ट कार्य सम्पादन र २५ वटा मापदण्डको आधारमा पृरस्कृत गरिएको हो ।

मंगलसेन नगरपालिका शिक्षा शाखा कार्यक्रमको आयोजनामा भएको कार्यक्रममा नगद १० हजार सहित पुरस्कृत गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र बिष्टले जानकारी दिए ।

पुरस्कृत हुनेमा जाल्पा देवि माध्यामिक बिध्यालय मुग्राचौरमा कार्यरत मथुरा बोगटी, प्रगतिशील आधारभुत विध्यालय लेस्टीगाडका रुपा बोहरा भट्ट, शिशु सुधार माध्यामिक विध्यालय बस्तीका कमला सुवेदी, पार्वती माध्यामिक विध्यालय छापडाडाका गायत्री बिष्ट र कालिका माध्यामिक विध्याल बिर्कुका शान्ती कुमारी रावललाई पुरस्कृत गरिएको हो ।

उनिहरुलाई नगर प्रमुख पदम बहादुर बोहरा, उप प्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी लगायतले नगद सहित पुरस्कृत गरे ।

तपाईको प्रतिक्रिया