Advertisement
SKIP THIS
अछाममा सडक पिच गरेको हप्ता दिन नपुग्दै उक्कियो (भिडीयो सहित)

निराकरण सम्वाददाता अछाम:अछाम जिल्लामा सडक पिच गरेको हप्ता दिन नपुग्दै उक्किएको छ।

जिल्लाको साफेबगर मंगलसेन सडक खण्डको कैलास खोला देखि सदरमुकाम मंगलसेन सम्मको करिव १० किलोमिटर सडकमा परेका खाल्डा खुल्डीहरु पिच गरेको हप्ता दिन नपुग्दै उप्किन थालेका छन।

कमसल र बजेट पचाउने उदेश्यले सडकमा परेका खाल्डाखुल्डी पिच गरिएको स्थानीय बासिन्दाले बताए । असारको पहिलो साता देखि सो सडकमा परेका खाल्डाखुल्डी पिच गर्ने काम थालिएको पिच गर्ने काम असार २० गते अगाबै सकिएको बताईएको छ।

सडक डिभिजन कार्यलय साफेबगर मार्फत ४० लाखमा न्यु कालभैरव कन्ट्रकसनले ठेक्का पाएको छ।

जिल्लाका प्रमुख ब्याक्तित्व दिनहु आवतजावत गरिरहेने सडकको यस्तो हाल हुदा समेत उनिहरुले कुनै चासो नदेखाएर लाज पचायका स्थानीयहरु आरोप लगाउछन ।

यता सडक डिभिजन कार्यलय साफेबगरका नि।कार्यलय प्रमुख दमन बिष्टले भने ठेक्का अवधि सकिएको छैन ,अनुगमन हुन्छ ,त्यस्तो देखिएको भए तुरुन्तै सच्याउन लागाईने भने ।

भिडीयो

तपाईको प्रतिक्रिया