Advertisement
SKIP THIS
कुनै अर्को पार्टीमा प्रबेश गरेको छैन, वडा अध्यक्ष सेठ्ठी ( बिज्ञप्ती सहित )

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेसबाट बान्नीगढी जयगढ गाउँपालीका ३ बरदादेविमा निवाचीत वडा अध्यक्ष कुल बहादुर सेठ्ठीले आफु कुनै पार्टीमा प्रबेश नगरेको बताएका छन ।

वडा अध्यक्ष कुल बहादुर सेठ्ठीले बिहिबार एक प्रेश बिज्ञप्ती जारी गर्दै आफु २०५१ साल देखि नेपाल बिधार्थी संधबाट नेपाली कांग्रेशको राजनिती लागेको कांग्रेसले नै २०७४ सालको स्थानिय निवाचनमा बाट बान्नीगढी जयगढ गाउँपालीका ३ बरदादेविमा वडा अध्यक्षमा निवार्चीत गराएको बिज्ञप्तीमा भनेका छन ।

मेरो राजनितीक जिवनको प्रगती देख्न नसक्नेहरुले ,ब्याक्तीगत चरित्र हत्या गर्ने उदेश्यले म काठमाण्डौ गएको बेला आफ्नो क्षेत्रबाट निवार्चीत सांसदलाई आफ्नो ठाउँको बिकासको निम्ती माग पेश गरेको तस्बीरलाई गलत प्रशार गरिएको बिज्ञप्तीमा उल्लेख गरेका छन ।

यो पनी

कांग्रेसबाट निवार्चीत वडा अध्यक्ष सेठ्ठीको यस्तो तस्बीर सार्वजनीक

तपाईको प्रतिक्रिया