Advertisement
SKIP THIS
कमलबजार बहुुमखि क्याम्पसको नवर्निमित भवनको उद्घाटन

पबित्रा खड्का कमलबजार अछाम:कमलबजार बहुुमखि क्याम्पसको नवर्निमित भवनको उद्घाटन गरिएको छ ।

सुुदुरपश्चिम प्रदेस सरकारको ५० लाख बजेटमा निमार्ण भएको दुुई तले ६ कोठे पक्की भवनको अछाम क्षेत्र न। २ प्रदेस क बाट प्रत्यक्ष निर्बाचित सांसद अक्कल रावलले उदघाटन गरे । उदघाटन गरिएको ६ कोठे भवन संगै क्याम्पसका अब ३ वटा भवन पुुगेका भएका छन् । उदघाटन कार्यक्रममा प्रमुख अथितिको आसन बाट बोल्दै प्रदेस सांसद रावलले अछामको बिकासका लागि हरेक क्षेत्रमा आफुुले प्रदेस सरकारबाट बजेट बिनियोजन गर्न लगाएको बताए । आफुु सधै अछामि जनताको साथमा रहि बिकास निमार्णमा लागि पर्ने बताए ।

बिशिष्ट अथितिको आसनबाट बोल्दै थापाले कमलबजार अछाम क्षेत्र न।२ को मुुटुु भएकाले कमलबजार क्षेत्र र कमलबजार क्यामपसको स्तरउनतिका लागि सबैले हातेमालो गर्दै अगाडि बढनुु पर्ने धारणा ब्यतm गरिन । कमलबजार नगरपालिका नगर प्रमुख एबम कमलबजार बहुमुखि क्याम्पसका अध्यक्ष ओमप्रकास बिष्टको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा कमलबजार नगरपालिका नगर उपप्रमुख भुुमिशरण ढकाल बजगाइ, वडा न.३ का वडा अध्यक्ष जगत बहादुर बिष्ट, नेकपा एमालेका जिल्ला कमिटि सदस्य बलबहादुर कुवर नेपालि कांगे्रस अछामका उपसभापति नयाराम बजगाइ,नेकपा माओबादि केन्द्रका प्रतिनिधि समुन्द्र भण्डारी लगायतले शुुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा कमलबजार नगरपालिका वडा न। १ वडा अध्यक्ष तेजबहादुुर बिष्ट,९ का वडा अध्यक्ष दुुर्गा प्रसाद बजगाइ, १० का वडा अध्यक्ष भिम बहादुर बिष्ट, कमलबजार नगरपालिकाका निमीत्त प्रमुुख प्रशासकिय अधिकृत खडग बहादुुर बिष्ट लगायत समाजसेबि बुद्धिजिबि पत्रकार र सरोकारवालाहरुको सहभागिता रहेको थियो । क्याम्पस संचालक समितिका उपाध्यक्ष तप्तबहादुर बिष्टको स्वागत मन्तब्य बाट सुुरु भएको कार्यक्रमको संचालन कमलबजार बहुुमुखि क्याम्पस प्रसासन साखा प्रमुख लोक बहादुर बिष्टले गरे ।

तपाईको प्रतिक्रिया