Advertisement
SKIP THIS
बान्नीगढीमा बाख्रा खोरको सयुक्त अनुगमन ,अधिकांस खोर मापदण्ड बिपरित

एकेन्द्र खत्री अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकामा सञ्चालित मुख्य मन्त्री कृर्षी तथा पशुपन्छी विकास कार्यक्रमको अनुगमन गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामको आयोजनामा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३, ५ र ६ मा सञ्चालित बाख्रा खोर निर्माण भए नभएको अनुगमन गरिएको हो । अनुगमन गरिएका बाख्रा खोर निर्माणको काम सन्तोषजनक नभएको पाइएको छ ।

मङ्गलवार गरिएको संयुक्त अनुगमनका क्रममा २ जना कृषकले मात्रै खोर निर्माण कार्य सम्पन्न गरेको पाइएको छ, भने अन्य कुनै पनि कृषकले कामको प्रक्रिया समेत नथालेको पाइएको छ । प्राविधिकको स्टमेट अनुसार खोर निर्माण गरेका वडा नम्बर ३ का छविलाल साउँद र वडा नम्बर ५ का गणेश रावललाई प्राविधिकको रोहभरमा ५० प्रतिशत भुक्तानी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गर्ने बताएको छ । काम समेत नथालेका र भर्खरै काम थालेका किसानले भुक्तानी पाउने छैनन् ।

आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का, गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउँद, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामका प्रमुख झनक दत्त ढुङ्गाना लगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया