डोटि:डोटिको दिपायल सिलगढी नगरपालिका वडा नम्वर ८ लडागडाका विपन्न असहाय परिवारलाई जोशीद्वारा खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

साइन नेपाल कैलालिका अध्यक्ष तथा सामजिक अभियन्ता जोशिले आफ्नो जन्म दिन्को अबसरमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ का विभिन्न टोलका अति विपन्न असहाय वर्गका २१ जना घर परिवार सदस्य हरु लाइ खाद्यान्न सामग्री वितरण गरेका हुन ।
प्रतिब्यक्ति २५ किलो चामल,२ कालो दाल ,१ लिटर खाने तेल, १ प्याकेट सोयाबिन र १ किलो आयोडिन नुन गरि जम्मा ६५ हजार वरावरको खाध्यान्न सामाग्रिहरु बितरण गरिएको जोसि ले वताउनुभयो, वहाले सामाग्रि वितरण ग्रदै भन्नुभयो जन्म दिनको अवसरमा भोज,पार्टि,वर्थडे केक काटेर अनर्थ खर्च गर्नु भन्दा म हरेक वर्ष यस्तै ग्रामिण भेगका आमाबुवा दाजु भाई संगै जन्म उत्सव मनाउनमा खुसि हुन्छु र यो पटक यहा पुगेर जन्म उत्सव वनाउन पाउदा खुशी लागेको उहाले बताए ।
राहात वितरण कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा न ८ का वडा अध्यक्ष राम बहादुर खड्काले साइन नेपालका अध्यक्ष जोसिले जन्मदिनको अवसरमा आफनो वडाका अतिविपन्न असहाय परिवार लाइ खाद्यान्न सामाग्री वितरण गरि केहि मात्रामा भयपनि राहत प्रदान गर्नु भएको मा धन्यवाद सहित जन्म दिनको शुभकामना समेत व्यक्त गरे ।राहात वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि ,वडा सचिव,शिक्षक, सर्वसाधारण सहितको उपस्थित रहेको थियो ।









