Advertisement
SKIP THIS
महिलामाथि अभद्र गरेको आरोपमा अछाममा एक वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

निराकरण सम्वाददाता अछाम:अछाममा एक जना वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष तारा प्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बुधवार रातमा पञ्चदेवल विनायक नगरपालिकाको केन्द्र विनायक बजारस्थित एक होटेलमा खनालले मदिरा सेवन गरेर होटेलका सञ्चालकमाथि हातपात गरेको बताईएको छ। उनले महिलामाथि अभद्र व्यवहारसमेत गरेको पिडीतको गुनासोका आधारमा प्रहरीले उनलाई बुधवार राति नै नियन्त्रणमा लिएको जनाईएको छ।

प्रहरी नियन्त्रणमा रहेका वडा अध्यक्ष खनाल नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया