Advertisement
SKIP THIS
आर्थिक मामिला मन्त्री प्रकाश बहादुर शाहद्धारा आफ्नो कुलदेवताको लागि एक करोड बजेट

धनगढी:सुदुरपश्चीम प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले आफ्नो कुलदेवताको मन्दिरमा एक करोड बजेट विनियोजन गरेका छन । शाहकै निर्वाचन क्षेत्रमा पर्ने बाजुराको खप्तड छेडेदेह गाउँपालिका–४ मा रहेको ज्यूलेख मन्दिर निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको हो ।

मन्त्री शाहको कुल देवतासमेत रहेको ज्यूलेख मन्दिरमा चुनावका बेलासमेत उनले पूजापाठ गरेका थिए । मन्त्री शाह मात्र नभएर प्रदेशका ९ वटै जिल्लामा यसरी नै समुदाय विशेषका मन्दिरमा करोडौं बजेट विनियोजन गरिएको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरत श्रेष्ठले धार्मिक पर्यटन प्रवद्र्धनका लागि सरकारले वर्षेनी मन्दिरहरुमा समेत बजेट विनियोजन गर्दै आएको बताए ।

‘पर्यटन क्षेत्रभित्र हाम्रो यहाँका धार्मिक आस्थाका महत्वपूर्ण मन्दिरहरु पनि पर्छन्,’ श्रेष्ठले भने, ‘स्थानीय स्तरका जनप्रतिनिधिहरु र प्रदेशका माननीयहरुले स्थानीय जनताको मागलाई सम्बोधन गर्न योजना ल्याउनुपर्छ । सोही क्रममा मन्दिरमा पनि केही बजेट परेको हो । यो स्वाभाविकै हो ।’

उनले अहिले अघिल्ला वर्षको जस्तो मन्दिर निर्माण मात्र नभएर त्यहाँसम्म पर्यटकलाई पुर्‍याउन पदमार्ग, प्रवेशद्वार जस्ता विषयलाई प्राथमिकता दिइएको दाबी गरेका छन् । पर्यटकको आकर्षण हुने ठूला धार्मिक स्थलमा पनि सरकारले लगानी गरेको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया