Advertisement
SKIP THIS
ट्याक्टर दुर्घटनामा परि घाइते भएका सह चालकको मृत्युु

निराकरण सम्वाददाता अछाम :अछाममा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्युु भएको छ। बिहीबार बिहान जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनमा ट्याक्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका सहचालक खकेन्द्र बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको प्रहरीले जानएको छ।

सुदूरपश्चिम प्रदेश ०१–००त ४४१२ नम्बरको ट्याक्टर बिहीबार दुर्घटनामा परेको थियो। दुर्घटनामा परि घाइते भएका पूर्ण ठकुल्लाको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया