टीकापुर:कैलालीको टीकापुर नगरपालिकामा तालाबन्दी गरिएको छ। नगरपालिकाको वडा नम्बर १ वनगाउँका स्थानीयले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्।
उनीहरुले वडा विभाजनको विषयमा असहमति जनाउँदै तालाबन्दी गरेको बताइएको छ। नगरपालिकाको हालको वडा नं १ को वडा बिभाजनमा अन्याय भएको भन्दै स्थानीयले तालाबन्दी गरेको बताएका छन्।
नगरपालिकाले भने राजनीतिक दलको सहमति भन्दै वडा नं १ लाई ५ वडामा विभाजन गर्ने तयारी थालेको छ। टीकापुर नगरपालिकामा हाल ९ वटा वडा छन।