Advertisement
SKIP THIS
नदीमा डुबेर कञ्चनपुरमा एक किशोरको मृत्यु

धनगढी:कञ्चनपुरमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

जिल्लाको बेल्डाडी गाउँपालिका-१ का १५ वर्षीय करन सुनारको स्थानीय चौधर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपला नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ ।

सुनार नदीमा डुबेर बेपत्ता भएको खबर पाउने बितिकै बोर्डर आउट पोष्ट झिलमिलाका सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको नेतृत्वमा खोजीका लागि टोली खटिएको थियो भने सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिरेन्द्र कार्कीको नेतृत्वमा गोताखोरको टोली खटिएको थियो।

सशस्त्र प्रहरीका दुवै टोलीले सुनारको शव नदीमा १५ फिट तल डुबिरहेको अवस्थामा निकालेको थियो । सशस्त्र प्रहरीले उक्त शव आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया