Advertisement
SKIP THIS
खोलाले बगाएर बेपत्ता भएकी बालिका मृत फेला

डोटी:डोटीमा खोलाले बगाएर बेपत्ता भएकी पाँच बर्षिया बालिका मृत फेला परेकी छन्। शनिवार दिउँसो दुई बजे जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ स्थित गण्डीगाडले बगाउँदा भीम मिजारी छोरी मिनु मिजार बेपत्ता भएकी हुन्।

बाख्रा चराउन गएको बेला खोलाले बगाएर बेपत्ता भएकी बालिकालाई आइतबार दिउँसो दुई बजे पूर्वीचौकी गाउँपालिका(१ साझघाटको खोला किनारमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। बेपत्ता भएकी बालिकाको खोजी कार्यमा प्रहरी, सशस्त्र र स्थानीय सहयोगमा गरिएको थियो।

तपाईको प्रतिक्रिया