Advertisement
SKIP THIS
प्रारम्भिक तह पढाई कार्यक्रमको फेज आउट कार्यक्रम सम्पन्न

निराकरण सम्वाददाता डोटी:बिश्व खाद्य कार्यक्रम आर्थिक सहयोग र बिश्व शिक्षा नेपाल प्राविधिक सहयोगमा सहयोगमा सामुदायिक विकास केन्द्र डोटीद्धारा संचालित प्रारम्भिक तह पढाई कार्यक्रमको फेज आउट कार्यक्रम सम्पन्न भएको छ ।मार्च २०१८ देखि जुन २०२१ सम्म डोटीका ८ ओटा स्थानियका १ सय ७१ आधारभुत विद्यालयमा कार्यक्रम संचालन भएको थियो ।

सामुदयिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख राम बहादुर ऐर प्रमुख अथिति रहेका थिए भने विशिष्ट अथितिमा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशी, दिपायल सिलगढी नगरपालिकाका उप प्रमुख शिवराज खड्का, के.आई.सि गाँउपालिका अध्यक्ष लोकेन्द्र शाहि, वडिकेदार गाँउपालिकाका अध्यक्ष कृष्ण बा. चन्द, आर्दश गाँउपालिका का अध्यक्ष, टेक बा. रोकाय रहेका थिए ।

८ ओटै शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख , गैर सरकारी सस्था डोटीका अध्यक्ष रधु कठायत, नेपाल पत्रकार महासंघका डोटी शाखाका अध्यक्ष मोहन शाही , शिक्षक ,विभिन्न अन्र्तराष्ट्रिय गैरसरकारी संस्था लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै रामेश्वर आ.वि के आई सिका शिक्षक लक्ष्मी भक्त जोशीले यस परियोजनाले विद्यार्थीको सिकाई उपलव्धि बृद्धि गर्नु र विद्यालयमा व्यवस्थापकिय क्षमतामा सुधार गरेको जानकारी दिए।

शिखर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शेर बहादुर कार्कीले यस परियोजनामा धेरै राम्रो कार्यक्रम रहेको र यी कार्यक्रम लाई नगरपालिकाले आफ्नो निति तथा कार्यक्रममा राखेको जानकारी दिए।

कार्यक्रमा बोदै प्रमुख अथिति जिल्ला समन्वय समिति डोटीका प्रमुख राम बहादुर ऐरले कार्यक्रमले डोटीका विकट विद्यालयमा पनि आवश्यक शौक्षिक सामग्री, शिक्षकको क्षमता विकास मा सहयोग गरेकोले यसलाई निरन्तरका लागी आग्रह गरे ।कार्यक्रम भर्चुअल रुपमा सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया