Advertisement
SKIP THIS
सुदूरपश्चीम सरकारको बजेट उत्पादनमुखि भन्दा पनि कनीका मुखि डा.रणबहादुर रावल

धनगढी :प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता डा। रणबहादुर रावलले सुदूरपश्चिम सरकारले ‘रातो किताब’ को व्यवस्थापन समेत गर्न सकेको बताएका छन्। प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

सरकारले ल्याएको बजेट वितरणमुखी भएको बताउँदै उनले भने ‘किताब धेरै मोटो भएपनि मैले हेरे, किताबलाई हेर्न धेरै समय लाग्यो। किताबको व्यवस्थापन हेर्दा त बीचमा पेजहरु अगाडी र पछाडी देखिए। केही पेजहरु त उल्टा पनि थिए। तर, पनि मैले पढे।’ सरकारले ल्याएको बजेट कुनै किसिमले पनि उत्पादनमुखि नदेखिएको डा रावलले बताएका छन्।

प्रदेश सरकारले कनिका छड्ने काम गरेको प्रदेश योजाना आयोग केहिको तलब खाने मात्रै बनेको बताए ।प्रदेश सरकारको नजिकै रहेको फाप्ला क्रीकेट मैदानलाई अन्तराष्ट्रीय क्रीकेट मैदान बनाउने भनेर सुरुकै बर्ष बजेट बिनीयोज गरे पनि मैदान अलपत्र परेको बताए । प्रदेश सरकार ब्याक्तीगत केहि नेताको स्वार्थमा लागेको बताए ।

अझै प्रदेश सरकार नसच्चीए देशलाई नै दुर्घटनामा पार्ने बताए ।सुदर पश्चीम सरकारका मन्त्री योजना बनाउदा आफै बिज्ञ भएको बताउदै बजेट ल्याउदा कुनै तयार नगरी रातारात तयार पारेको बताए ।

तपाईको प्रतिक्रिया