अछाम : मेल्लेख गाँउपालिकाले आर्थिक वर्ष २०७८÷०८९ को वार्षिक निती तथा कार्याक्रम सार्वजनिक गरेको छ ।
गाँउपालिकाले ८ औ गाउँ सभा मार्फत सार्वजनिक भएको निती तथा कार्यक्रममा आर्थिक विकास तथा गरिवि निवारण, जनताको जीवनस्तर उकास्ने, आमदानी र रोजगारी बढ्ने विषयहरु लाई वढी प्राथमिकता दिएको छ।
गाँउपालिकाको वजेटमा महिला, वालवालिका, पिछडिएको क्षेत्रलाई लाभपुग्ने, स्थानिय स्रोत साधन र सिपको जती सक्दो वढी प्रयोग हुने कार्यक्रमलाई प्राथमिकता दिईएको छ ।
यस्तै ग्रामिण उद्योग,सडक, विद्युत, खानेपानी लगाएतको आवस्यक पुर्वाधार निमार्णलाई विषेश प्रथमिकतामा राखिएको छ ।
मेल्लेख गाँउपालिका उपाध्यक्ष धन वहादुर शाहीले आर्थिक वर्ष २०७८÷०८९ को ४५ करोड ७२ लाख ८३ हजारको आय तथा ५० करोड ९३ लाख७३ हजार ७ सय ६० रुपैया व्यायको बजेट प्रस्तुत गरे ।
कार्यक्रममा गाउपालिका अध्यक्ष लोक वहादुर वोहराले पालिका बासीले उपचारको अभावमा कुनै पनी नगारिकले ज्यान गुमाउनु नपर्ने स्थिती सिर्जना गर्न स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखिएको बताए ।
संघीय सरकार र प्रदेश सरकारको वजेट संगै गाँउपालिको वजेटबाट बहु बर्षिय आयोजनाको रुपमा आफ्नै कार्यकालमा साँफे हुदै मेल्लेख गाँउपालिका जोड्ने सडक लाई पिचको काम तत्काल सुरु गरिने बताए ।