निराकरण सम्वाददाता अछाम :अछामको रामारोशन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउदको अध्यक्षतामा भएको गाउँसभामा निती तथा कार्यक्रम प्रस्तुत गरे।
गाउँ सभाबाट पारित भएको नीति तथा कार्यक्रममा सवैभन्दा वढी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । विश्वभर फैलिएको कोरोना भाईरस कोभिड १९ महामारी नियन्त्रण तथा रोकथामलाई उच्च प्राथमिकता दिएको छ ।गाउँपालिकाको स्वास्थ्य नीति निर्माणदेखि, पोषणमैत्री कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
यस्तै आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा केहि लोकप्रिय कार्यक्रमलाई प्राथमिकता दिनुका साथै केही पुरानै कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।
गएको बर्ष भाद्र २ गते राति आएको बाढीले गरेका क्षेती लाई पुरानै अवस्थामा फर्काई पुन निर्माण गर्नका लागी कार्ययोजना अगाडी सारिएको गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउदले बताए ।
यस्तै संघीय सरकार बाट गाउँपालिका लाई कम बजेट प्राप्त भएको र उक्त बजेटले नपुग्ने भएकाले थप बजेट माग गर्ने निति समेत पारित गरेको छ।