Advertisement
SKIP THIS
बान्निगढी जयगढ गाउँपालिकाद्धारा ३१ करोड ९५ लाख बढीको बजेट प्रस्तुत (पुर्ण पाठ सहित)

एकेन्द्र खत्री अछाम:बान्निगढी जयगढ गाउँपालिकाले आर्थिक वर्ष २०७८ ०७९को बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाको छैटौँ गाउँ सभाबाट नीति कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । गाउँपालिकाले ३१ करोड ९५ लाख ८५ हजार बजेट प्रस्ताव गरेको छ ।

बजेटले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ । बान्निगढी गाउँपालिकाको छैटौँ गाउँ सभाबाट गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउँदले ‘बान्निगढी सरकार स् समृद्धिको आधार’ भन्ने नारासहित बजेट प्रस्तुत गरेका हुन ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ७ करोड ५० लाख, वडा स्तरीय योजनाका लागि २ करोड ५० लाख प्रस्ताव गरिएको छ ।

जसबाट आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा बिपद ब्याबस्थापन र संस्थागत विकासमा टेवा पुग्ने अपेक्षा गाउँपालिकाको छ ।

विभिन्न विषयगत क्षेत्र जस्तै स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, लक्षित बर्गलाई सम्बोधन गर्दै ३ करोड २० लाख बजेट प्रस्ताव गरिएको छ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि २० लाख रकम विनियोजन गरिएको छ ।

यस्तै गाउँपालिका स्तरीय भौतिक, सामाजिक प्राविधिक शिक्षा लगायत विभिन्न कार्यक्रमको ब्याबस्थापनका लागि १ करोड २ लाख ८५ हजार बजेटको ब्याबस्था गरिएको छ । गाउँपालिकाका सबै वडा र विषयगत शाखामा जम्मा १ करोड २० लाख विनियोजन गरिएको छ ।

यस्तै वडाहरूमा गाज्रामा ३० लाख, जनालिकोट ३० लाख, बर्दादेवी ४० लाख, तिमिल्सैन ३० लाख, कालिका ३५ लाख, दर्ना ४० लाख गरी वडा तहमा २ करोड ५ लाख बजेट प्रस्ताव गरिएको छ ।

गाउँपालिकाले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, बाल विकासका शिक्षकको तलब वृद्धि, गाउँपालिका स्तरीय गौरवका आयोजना, पर्यटनका क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ ।

गाउँ सभाबाट बयालपाटा अस्पतालका लागि सहयोग स्वरूप १५ लाख बजेट विनियोजन गरिएको छ भने ग्रामीण सडकको स्तर उन्नतीका लागि पनि आवश्यक बजेट प्रस्ताव गरिएको छ ।

आउँदो वर्षको बजेटमा पालिकाले कोरोना महामारी नियन्त्रणसँगै यस अगाडिका अधुरा योजना कार्यान्वयन गर्ने जनाएको छ ।

पुर्ण पाठ
बा.ज.गा.पा. बजेट २०७८ फाईनल

तपाईको प्रतिक्रिया